धनतेरसमा के किन्ने के नकिन्ने ?
_xp2XVSQ1PU.jpg)
काठमाडौँ । आज धनवन्तरी जयन्ती अर्थात् धनतेरस हो । हरेक वर्ष कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीमा यो पर्व मनाइन्छ । यो दिनलाई धन त्रयोदशीको रूपमा पनि मनाइन्छ ।
हिन्दु धर्ममा धर्न, सम्पत्ति र सुख–समृद्धिको यस पर्वको विशेष महत्त्व छ । धार्मिक मान्यताका अनुसार यस पर्वमा भगवान धन्वन्तरी, माता लक्ष्मी र भगवान कुबेरको पूजा गरिन्छ । यो दिनसँगै तिहारको सुरुआत हुन्छ ।
धनतेरसमा पूजा र किनमेलको विशेष महत्त्व छ । धनतेरसको दिन किनमेल, लगानी र कुनै पनि नयाँ कामको सुरुवात गर्नु धेरै शुभ मानिन्छ । यस पटक धनतेरसमा त्रिपुष्कर योगको संयोग रहेको छ । धनतेरसको दिन किनमेल र नयाँ काम गर्दा तीन गुणा लाभ हुने जनविश्वास छ । धनतेरसको दिन मुख्यतया भाँडाकुँडा, सुन–चाँदी र सवारीसाधन खरिद गर्नु निकै शुभ मानिन्छ । यो त्यही दिन हो जुन दिन देवताहरूका वैध भगवान धन्वन्तरी प्रकट भएका थिए ।
के किन्ने ?
–धनतेरसको दिन सुन चाँदी बाहेक भाँडाकुँडा, सवारी साधन र कुबेर यन्त्र खरिद गर्नु शुभ मानिन्छ ।
–यसका बाहेक कुचो किन्नु पनि शुभ मानिन्छ । यस दिन कुचो किन्दा लक्ष्मीको आशीर्वाद प्राप्त हुने जनविश्वास छ ।
– धनतेरसमा घरमा सिङ्गै धनियाँ पनि किनेर ल्याउनुहोस् ।
–यस दिनमा तपाईँले गोमती चक्र पनि किन्न सक्नुहुन्छ । यसबाट माता लक्ष्मी प्रसन्न हुनेछिन् ।
के किन्नु हुँदैन ?
– धनतेरसको दिन घरमा फलाम वा फलामका सामान ल्याउनु शुभ मानिँदैन ।
– धनतेरसमा आल्मुनियम वा स्टिलका वस्तुहरू किन्नु हुँदैन ।
– धनतेरसको शुभ अवसरमा सिसा वा काँचको सामान पनि किन्न हुँदैन ।
– ज्योतिषशास्त्र अनुसार धनतेरसको दिन सिरेमिक वा बोन चाइनाका कुनै पनि वस्तु किन्नु हुँदैन ।
धनतेरसमा गर्नुहोस् यी उपाय
–धनतेरसको दिन भगवान धन्वन्तरी, माता लक्ष्मी, कुबेर, यमराज र भगवान गणेशको पूजा गर्नुहोस् ।
–धनतेरसको दिन घर भित्र र बाहिर १३ वटा दियो बाल्दा रोग निको हुने विश्वास छ ।
– दान गर्नु पुण्यको काम हो । धनतेरसको दिन दान गर्नुको विशेष महत्त्व छ ।
– धनतेरसको दिन पशुको पूजा गर्दा आर्थिक समस्याबाट मुक्ति मिल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो
-
नेमकिपाको महाधिवेशन : बिजुक्छेंको राजनीतिक प्रशिक्षण, १९ गते नयाँ नेतृत्व चयन
-
काठमाडौँमा चिनियाँ राष्ट्रपति सीले अघि सारेका विचारबारे छलफल
-
बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि