ह्यारिसले ट्रम्पलाई दिइन् आईक्यू परीक्षणका लागि चुनौती
मङ्गलबार, १३ कात्तिक २०८१, १० : ४५

वासिङटन डीसी । अमेरिकाकी उप–राष्ट्रपति कमला ह्यारिसले मानसिक परीक्षणका लागि आफू तयार रहेको बताउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि यस्तो परीक्षण गराउन चुनौती दिएकी छिन् ।
नोभेम्बर पाँचमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प उठेका छन् । डेमोक्रेटिक पार्टीले कमला ह्यारिसलाई उम्मेदवार बनाएको छ ।
यसैबिच ट्रम्पले अमेरिका गलत दिशामा गइरहेको बताएका छन् । अमेरिकाको जर्जिया राज्यमा आयोजित फेथ समिटमा एक प्रश्नोत्तरको सत्रमा ट्रम्पले अमेरिका गलत दिशामा गइरहेको र धर्म नै अमेरिकालाई जोडेर राख्ने कडी भएको बताएका थिए । यस क्रममा ट्रम्पले जुलाईमा आफूमाथि भएको आक्रमणको आफू अहिले यसरी बोल्न सक्नु चमत्कार भएको भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान