तीन महिनामा ६ अर्बको खाद्यान्न आयात

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउन भदौ र असोज गरी तीन महिनामा ६ अर्ब ९७ करोड २० लाख ९० हजार रुपैयाँको खाद्यान्न वस्तु आयात भएको हो ।
यस्तै सो तीन महिनामा १ करोड ७ लाख ५७ हजार रुपैयाँको मात्रै खाद्य वस्तु निर्यात गरिएको छ । चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब ९६ करोड १३ लाख ३३ हजार रुपैयाँ नेपालले खाद्यान्नमा व्यापार घाटा व्यहोरेको छ ।
यस्तै, सो कारोबारबाट सरकारले ६३ करोड २७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा १ लाख २४ हजार ११८ मेट खाद्यान्न आयात भएको हो ।
यी खाद्यान्न चीन, भारत, ब्रजिल, थाइल्याण्ड लगायत मुलुकबाट आयात हुन्छ । यहाँबाट, चामल, गहुँ, मकै लगायत विभिन्न खाद्य वस्तु आयात हुने विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साबिक विजेतालाई हराएर पहिलो सहभागितामै चर्च ब्वाइजलाई उपाधि
-
कांग्रेसमा राठौर र साउदले गुट परिवर्तन गरेका हुन् ?
-
स्कुटर चोरीमा संलग्न पक्राउ
-
‘नेपालमा दातृ निकायहरूको सहयोग कटौती हुने जोखिम’
-
बेलायत र भारतले सुरु गरे व्यापार वार्ता
-
परराष्ट्रमन्त्री राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता