भन्सार छलीका झन्डै ५ लाखको सामान बरामद
_y1qTVLBpV0.jpg)
धनगढी । कैलाली प्रहरीले झन्डै ५ लाखको भन्सार छलीका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट अवैध सामान बरामद गरेको हो ।
भारतीय नाकाहरूबाट भन्सार छली ल्याएको करिब ४ लाख ६२ हजार ५० मूल्य बराबरको अवैध सामानहरू फेलापारी बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहराका अनुसार धनगढी उपमहानगरपालिकाको मिलनचोक र खेदाघाटबाट अन्दाजी ५७ हजार ५५० बराबरको कपडा र किरानाका सामान, भजनी नगरपालिकाको डक्टरघाट र ढुसीबाट अन्दाजी मूल्य २ लाख १९ हजार ५ सय बराबरको कपडा र सुर्तिजन्य पदार्थ बरामद गरिएको छ ।
त्यसै कैलारी गाउँपालिका–५ मनिकापुरबाट अन्दाजी मूल्य १ लाख ८० हजार बराबरको आलु, गुड र मुनफली बरामद गरिएको छ, भने जोशीपुर गाउँपालिका–५ फाडियाबाट अन्दाजी मूल्य ५ हजार बराबरको चिनी बरामद गरिएको छ ।
बरामद गरिएका सामानलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छः वनमन्त्री शाही
-
कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुनेगरी काम गरौँ - सहरी विकासमन्त्री
-
विकासे मन्त्रालयकै बजेट सिलिङ घट्यो, कुन मन्त्रालयको कति ?
-
‘सामा चाको सामा चाको अहिवा हे’ मञ्चनसँगै सकियो तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’
-
म्याक्सवेलको नाममा बन्यो आईपीएलको यस्तो खराब रेकर्ड
-
तत्काल बक्यौता असुल गर्न नवनियुक्त शाक्यलाई ऊर्जामन्त्रीको निर्देशन