जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन
मङ्गलबार, १३ कात्तिक २०८१, ०९ : ०४

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन गरिएको छ । लुम्बिनी प्रदेशको दाङ देउखुरीमा सम्पन्न विस्तारित बैठकबाट प्रदेश समितिको उपाध्यक्षमा बाबु खाँ पठान, सचिवहरू शिवपुजन यादव, सुशीला पौडेल शर्मा, शिवकुमार चौधरी र कोषाध्यक्षमा विद्या प्रसाद यादवलाई चयन गरिएको हो ।
त्यस्तै समितिको कार्यकारिणी समितिको सदस्यमा निरू गैरै, गौतम यादव, बच्चुलाल केवट, स्वामीनाथ शर्मा र महेमुद इद्रिसी चयन भएका छन् ।
जसपा नेपालको कार्यवाहक अध्यक्ष रामअवतार यादव र मुख्य सचिव राजन राना मगर रहेका छन् । बैठकबाट प्रदेश समितिको सदस्य पदमा जयन्तीदेवी श्रीवास्तव, मो. सब्बिर अन्सारी , उत्तम गुप्ता र ईसरत मुकेरीलाई चयन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा