मङ्गलबार, १३ कात्तिक २०८१
ताजा लोकप्रिय

ललितपुरका बाढीपहिरो पीडितलाई पूर्वप्रधानमन्त्री देउवाले राहत वितरण गर्ने

मङ्गलबार, १३ कात्तिक २०८१, ०२ : ३०
मङ्गलबार, १३ कात्तिक २०८१

ललितपुर । असोज दोस्रो साता आएको भारी वर्षा र बाढीपहिरो पीडितका लागि मंगलबार राहत वितरण गरिने भएको छ।  

बाढीपहिरो पीडितहरूलाई पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा राहत वितरणको कार्यक्रम तय भएको हो ।

राहत वितरणका लागि गोदावरीस्थित वेलकम पार्टी प्यालेसमा बिहान साढे दस बजेबाट राहत सहयोग वितरण कार्यक्रम राखिएको छ । 

ललितपुरका बाढीपहिरो पीडितहरूका लागि मृतकका परिवारहरूलाई प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत वितरण गर्ने तयारी रहेको आयोजकले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप