थाइल्यान्डमा हवाई यात्राका लागि ‘बायोमेट्रिक प्रणाली’
बैङ्कक । यात्रुहरूलाई थप प्रभावकारी र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले थाइल्यान्डले आफ्ना छ वटा प्रमुख विमानस्थलहरूमा ‘नयाँ बायोमेट्रिक पहिचान प्रणाली’ सुरु गर्ने तयारी गरेको छ । थाइल्यान्ड एयरपोर्ट्स (एओटी) ले सोमबार आफ्ना छ वटा प्रमुख विमानस्थलहरूमा ‘नयाँ बायोमेट्रिक पहिचान प्रणाली’ सुरु गर्नेबारे जानकारी दिए ।
आन्तरिक यात्रुहरूले नोभेम्बरदेखि स्वचालित बायोमेट्रिक पहिचान प्रणालीमा नामाङ्कन गर्न सक्नेछन् । यसले यात्रु पहिचान गर्न अनुहार पहिचान प्रविधि प्रयोग गर्दछ । यो प्रणाली डिसेम्बरदेखि अन्तर्राष्ट्रिय यात्रुहरूका लागि पूर्ण रूपमा सञ्चालन हुने एओटी अध्यक्ष किराती कितमानवतले बताए ।
सन् २०२४ सेप्टेम्बरमा समाप्त भएको आर्थिक वर्षमा बैङ्ककको सुवर्णभूमि र डन मुआङ विमानस्थलसहित छ वटा अन्तर्राष्ट्रिय गेटवेमा ११ करोड ९२ लाख ९० हजारभन्दा बढी यात्रुहरूलाई सेवा दिइएको थियो । मुलुकको सबैभन्दा ठूलो विमानस्थल सञ्चालक एओटीका अनुसार यो गत वर्षको समान अवधिको तुलनामा १९ दशमलव २२ प्रतिशतले बढेको छ ।
विशेषगरी अन्तर्राष्ट्रिय रुटहरूमा उडान कनेक्टिभिटी बढेकाले चालु आर्थिक वर्षमा १२ करोड ९९ लाख ७० हजार ९७ यात्रुको प्रक्षेपणका साथ विमानस्थल सञ्चालकले उच्च यात्रु सङ्ख्या समायोजन गर्ने अपेक्षा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश प्रमुख देवकोटालाई दलित आयोगको प्रतिवेदन हस्तान्तरण
-
सिंगापुरमा किन बढ्दैछ नक्कली बिहे ?
-
‘एक्टरः टेक वन’ को ‘के भरोसा गरम’ गीत : दिव्या र आनासँग रोमान्टिक प्रदीप
-
बेवारिसे स्कार्पियो गाडी गौर भन्सारमा बुझाइयो
-
दीपक मनाङेको मुद्दामा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक
-
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो