मङ्गलबार, १३ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : कांग्रेसमा सरकारलाई हेर्ने ‘दुई आँखा’ देखि 'दानको जग्गा विवादमा एमालेलाई सर्वोच्चको झड्का' सम्म

मङ्गलबार, १३ कात्तिक २०८१, ०० : ००
मङ्गलबार, १३ कात्तिक २०८१

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-

आजका मुख्य समाचारमा एमालेको कार्यालय बनाउन जग्गा दानबारे सर्वोच्चको कारण देखाउ आदेश, रवि लामिछानेको बयान सकिएन, राज्य व्यवस्था समितिको बैठकमा रवि पक्राउ प्रकरण र एमालेको जग्गाबारे चर्चा, बम रहेको हल्लाका कारण एयर इन्डियाको विमानमा डेढ घण्टा ‘सर्च’, सत्ता पक्ष र विपक्षी एक अर्कालाई दबाबमा राख्ने रणनीतिमा लगायत छन् ।

१. एमालेलाई जग्गा दानबारे सर्वोच्चको कारण देखाउ आदेश
सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अल्कालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेशका साथै कारण देखाउ आदेशसमेत जारी गरेको हो ।


२. सकिएको छैन रविको बयान
सहकारी रकम हिनामिना सम्बन्धमा अनुसन्धान गर्न कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको बयान सोमबार पनि सकिएन । सोमबार साढे ८ घण्टासम्म उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा राखेर बयान लिइएको थियो ।


३. राज्य व्यवस्था समितिको बैठकमा रवि पक्राउ प्रकरण र एमालेको जग्गाबारे चर्चा
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ प्रकरण र नेकपा एमालेले पार्टी कार्यालय बनाउन दानमा लिएको जग्गाबारे चर्चा भएको छ ।


४. बम रहेको हल्लाका कारण एयर इन्डियाको विमानमा डेढ घण्टा ‘सर्च’
काठमाडौँबाट नयाँ दिल्लीका लागि उड्न लागेको एयर इन्डियाको विमानमा बम रहेको हल्लापछि सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तनावपूर्ण अवस्था सिर्जना भयो । उक्त विमानमा सुरक्षाकर्मीले डेढ घण्टासम्म ‘सर्च’ गर्दा कुनै पनि शंकास्पद बस्तु भेटिएन । त्यसपछिमात्र उक्त विमानलाई दिल्लीतर्फ उड्न दिइएको थियो । 

५. रोबोट सेनाबाट भन्दा ठुलो खतरा एआई कर्मचारीतन्त्रबाट छ !
कृत्रिम बौद्धिकता (एआई) को विकासमा दिनानुदिन नयाँ–नयाँ प्रगति भइरहेका छन् । यससँगै एआईको सम्भावित प्रभावलाई लिएर आशा–निराशा दुबैका अतिरञ्जित विश्लेषणहरू आइरहेका छन् । यसले हामीलाई अन्योलमा पार्दैछ । यी खतरा कुन स्तरका हुन सक्छन् भन्ने अनुमान गर्न हामीलाई असहज भइरहेको छ । 


६. सत्ता पक्ष र विपक्षी एक अर्कालाई दबाबमा राख्ने रणनीतिमा
सत्तापक्ष र विपक्षी दलहरूले एकअर्कालाई दबाबमा राख्ने रणनीति बनाएको देखिन्छ । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरू सडकमा आक्रामक बन्न थालेपछि सत्तापक्ष थप निर्मम हुने सङ्केत देखिएको छ । 


७. सरकारबारे कांग्रेसभित्रै फरक–फरक बुझाइ
सरकारको १०० दिन अर्थात् मधुमासलाई हेर्ने सन्दर्भमा सत्तारूढ दल नेपाली कांग्रेसभित्र दुई दृष्टि पाइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारको सुरुवातको सय दिनप्रति सभापति शेरबहादुर देउवा सन्तुष्ट छन् । तर, दलभित्र इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइराला भने वर्तमान सरकारको सय दिनसँग सन्तुष्ट छैनन् ।


८. सशस्त्र प्रहरीमा अनिवार्यको व्यवस्था यसै वर्ष ऐनमा समेट्न परमादेश
सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा अनिवार्य अवकाश लगायतका व्यवस्था यसै आर्थिक वर्षभित्र ऐनमा समेट्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गत असोज १० गते सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।


९. सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी चयन गर्ने मापदण्ड तयार
सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारी नियुक्तिका लागि मापदण्ड बनाइएको छ । दुवै आयोगका पदाधिकारी सिफारिस गर्ने जिम्मेवारीसहित सरकारले गठन गरेको सर्च कमिटीले पदाधिकारी छनोट गर्न १४ बुँदे मापदण्ड निर्माण गरेको हो ।

१०. चीनसँग किन नजिकिँदै छन् मोदी ?
ढिलै भए पनि मोदीले के थाहा पाए भने अमेरिकाले भारतलाई प्राथमिकता साथ पहुँच, प्रविधि वा लगानी उपलब्ध नगराउने छैन, फलतः भारतले चीनबाट प्रविधि, लगानी र बजारको अवसर खोज्न सक्छ ।


११. रोहित शतकबाट चुके, नेपाल जितबाट
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल अमेरिकासँग प्रतिस्पर्धात्मक खेलमा पराजित भएको छ । स्थानीय समयअनुसार आइतबार भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको २ सय ८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल अगावै पछ्यायो । अमेरिकाको जितमा सायान जहांगिरले शतकीय इनिङ्स खेले । उनले मात्र ९७ बलमा १ सय ४ रन बनाए । यस क्रममा उनले १२ चौका र ४ छक्का प्रहार गरे ।


१२. त्रिविमा उत्तरपुस्तिका हराउन जिम्मेवारमाथि कारबाही गर्न ढिलाइ
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका उत्तरपुस्तिका हराउन जिम्मेवार रहेकामाथि कारबाही गर्न ढिलाइ गरेको छ । उत्तरपुस्तिका संरक्षण गर्न नसकेर लापरबाही गरेको भन्दै छानबिन समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीसहितका अधिकारीहरूमाथि कारबाही गर्न सिफारिस गरेको थियो ।

अन्य समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप