अफगानिस्तानमा यात्रुवाहक गाडी नदीमा खस्दा आठ जनाको मृत्यु
सोमबार, १२ कात्तिक २०८१, २२ : २४
तिरिन कोट । दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा एउटा काठको पुलबाट गाडी नदीमा खस्दा कम्तीमा आठ यात्रुको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ३ः०० बजे प्रान्तको ग्याजाब जिल्लाको बाहिरी भागमा रहेको काठको पुल भारी तौलका कारण भाँचिएर दुर्घटना भएको सूचना तथा संस्कृति प्रान्तीय निर्देशक आगा वली कुरिशीले सिन्ह्वालाई बताए ।
पुलको जीर्ण अवस्था, ओभरलोडिङ र लापरवाही सवारीसाधन नै यस दुर्घटनाको मुख्य कारण हो । पहाडी मध्य एसियाली देश अफगानिस्तानमा सडक दुर्घटनाहरू सामान्य छन् ।
प्रायः खराब ड्राइभिङ, भीडभाड, सडकहरूमा यात्रुहरूका लागि सुरक्षा उपायहरूको अभाव, चुनौतीपूर्ण भू–भाग र पुराना सवारी साधनहरूको कारणले गर्दा दुर्घटना हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन