सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

मेलम्चीमा बजार अनुगमन तीव्र

सोमबार, १२ कात्तिक २०८१, २१ : १०
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । मेलम्ची नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारेको छ । वडादसैँ, दीपावली, छठ र नेपाल संवत् लगायतका चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा हुने विकृति नियन्त्रण गर्दै जनतालाई सुलभ र सहज रूपमा उपलब्ध होस् भनी अनुगमन थालिएको हो । 

दसैँ अघिनै नगरपालिकाका विभिन्न वडामा अनुगमन गरेको पालिकाले अहिले बाँकी रहेका वडाहरूमा समेत अनुगमन गरिएको नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिए । मेलम्ची नगरपालिकाले यसअघि नगरपालिका क्षेत्रभित्रका मेलम्ची, बाहुनेपाटी, सिन्धुखोला, तालामाराङ, भोटेचौर, भदौरे, पिप्ले लगायतको बजार अनुगमन गरेको थियो भने सोमबार सेल्ले पोखरे, दुबाचौर, ज्यामिरे, शिखरपुर, क्यौरानी लगायतका बजारहरूको अनुगमन गरेको दुलालले बताए । 

अनुगमनमा राजस्व शाखा प्रमुख दुलाल, स्वास्थ्य शाखा प्रमुख अस्मिता सापकोटा, विभिन्न शाखाका कर्मचारी, सम्बन्धित वडाका जनप्रतिनिधिहरू, नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धिताल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष शालिकराम अधिकारी, उपाध्यक्ष ज्ञानप्रासद सापकोटा पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा मिति गुज्रेका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गर्ने कार्य गरिएको नगरपालिकाले जनाएको छ ।

बजारमा दिनप्रतिदिन भइरहेको मूल्यवृद्धि नियन्त्रण र चाडवार्डको मुखमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र सुपथ बनाउनको लागि बजार अनुगमन गरिएका राजस्व शाखा प्रमुख  दुलालले बताए ।  नगरपालिकाले विगतको वर्षहरूदेखि नै निरन्तर अनुगमन गरेका कारण अहिले उपभोक्ता र व्यापारीहरूमा सचेतना फैलिएको नगरपालिकाले दाबी गरेको छ । मिति हेरेर मात्र खपत गर्ने र बिक्री गर्ने गरेका कारण विगतका वर्षहरूमा जस्ता अखाद्य सामाग्री जफत गर्न नपरेको नगरपालिकाले जनाएको छ ।  अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिँदै नियमित गरिने नगरपालिकाले जनाएको छ । मेलम्ची बजार पनि अनुगमन गरिएको । मेलम्ची बजारमा खाद्य तथा गुण नियन्त्रण कार्यालय धुलिखेलबाट समेत अनुगमन गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप