भिनिसियस जुनियरले बालोन डी’ओर नपाउने भएपछि रियल म्याड्रिडले कार्यक्रम बहिष्कार गर्ने !

काठमाडौँ । विश्व फुटबलको सर्वाधिक महत्त्वपूर्ण बालोन डी’ओर अवार्ड विजेताको घोषणा सोमबार राति गरिँदैछ । अवार्ड वितरण कार्यक्रम फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुनेछ । अवार्ड वितरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ ।
तर, स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडले भने बालोन डी’ओर अवार्ड कार्यक्रम बहिष्कार गर्ने भएको छ । अवार्ड पाउने खेलाडीको सम्भावित सूचिमा रियल म्याड्रिडका ब्राजिलियन खेलाडी भिनिसियस जुनियर र रियल म्याड्रिडकै इङ्लिस खेलाडी जुड बेलिङ्घम पनि समावेश गरिएको छ ।
त्यसमध्ये रोड्रीलाई बलियो दाबेदारका रुपमा हेरिएको थियो । तर, यस वर्षको बालोन डी’ओर अवार्ड इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका खेलाडी रोड्रीले पाउने सम्भावना बढेपछि रियल म्याड्रिले अवार्ड कार्यक्रम बहिष्कार गर्ने योजना बनाएको समाचारमा जनाइएको छ ।
यसका अतिरिक्त म्यानचेस्टर सिटीकै एर्लिङ हालान्डलाई पनि अवार्डको प्रबल दाबेदारका रुपमा हेरिएको छ । रोड्रीले म्यानचेस्टर सिटीलाई कीर्तिमानी रुपमा लगातार चारपटक इङ्लिस प्रिमियर लिगको उपाधि चुमाउन महत्त्वपूर्ण योगदान गरेका थिए । स्पेनलाई युरोपियन च्याम्पियनसिपको उपाधि चुमाउने पनि उनको योगदान महत्त्वपूर्ण रहेको थियो ।
भिनिसियस जुनियरले अवार्ड नपाउने भएपछि रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले पनि आक्रोशित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, आधिकारिक रुपमा भने रियल म्याड्रिडले यस विषयमा केही बताएको छैन ।
अवार्ड कार्यक्रममा सहभागी हुन विश्वभरका चर्चित फुटबलरहरु पेरिस पुगिसकेका छन् । अवार्ड वितरण कार्यक्रममा सन् २०२४ को सर्वोत्कृष्ट पुरुष र सर्वोत्कृष्ट महिला खेलाडीलाई बालन डी’ओर प्रदान गरिने छ ।
यसपटकको अवार्ड कार्यक्रम एक अर्थमा विगतको भन्दा फरक हुनेछ । यसपटक बालन डी’ओर अवार्ड प्राप्त गर्ने खेलाडीको सूचिमा समकालीन विश्व फुटबलका दुई महान् खेलाडी लियोनल मेस्सी र क्रिस्टियोना रोनाल्डो परेका छैनन् ।
सन् २०२३ पछि पहिलो पटक पोर्चुगिज स्टार रोनाल्डो र अर्जेन्टिनी स्टार मेस्सी अवार्डको सूचिमा नपरेका हुन् । हालसम्म मेस्सीले कीर्तिमानी रुपमा आठपटक र रोनाल्डोले पाँच पटक बालन डी’ओर अवार्ड जितिसकेका छन् ।
यसका अतिरिक्त यसअघि यो अवार्ड पाइसकेका दुई प्रभावशाली खेलाडी करिम बेन्जेमा र लुका मोड्रिच पनि यसपटक सूचिमा परेका छैनन् । त्यसैले पुरुषतर्फ यसपटक नयाँ खेलाडीले बालन डी’ओर अवार्ड प्राप्त गर्नेछन् ।
यसैगरी, महिलातर्फ यसपटक बार्सिलोनाकी प्रभावशाली मिडफिल्डर आइताना बोनमतीले विजेताको प्रवल दाबेदारका रुपमा हेरिएको छ । उनकै महत्त्वपूर्ण योगदानमा स्पेनले महिला विश्वकप फुटबलको उपाधि पनि चुमेको थियो । अघिल्लो वर्ष पनि महिलातर्फको अवार्ड उनले नै जितेकी थिइन् ।
विश्व फुटबल महासंघ (फिफा) को वरीयतामा माथिल्लो एक सय स्थानभित्र रहेका राष्ट्रका खेल पत्रकारहरुले पुरुष अवार्डका लागि मतदान गर्ने प्रावधान रहेको छ । महिलातर्फको अवार्डका लागि भने फिफा महिला वरीयताको माथिल्लो ५० स्थानभित्र रहेका राष्ट्रका महिला खेल पत्रकारहरुले मतदान गर्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश