सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिकामा कमललाई ३ र अनुपलाई ४ पदक

सोमबार, १२ कात्तिक २०८१, २० : २०
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । नेपालका कमल मगरले अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा २ स्वर्णसहित १ रजत पदक जितेका छन् ।  अमेरिकाको फ्लोरिडामा नोभेम्बर २६ देखि २७ तारिखसम्म भएको मिक्स मार्सल आर्ट्सको प्रतियोगितामा कमलले पुरुष ब्लायक वेल्टको सफ्ट स्टायल र ट्रेडिसनल चाइनिज वेपन्समा स्वर्ण तथा ग्रान्ड च्याम्पियन खुलाको फम्समा रजत जितेको नेपाल उमा कुङफु संघले जनाएको छ ।

यसअघि कमलले आफ्नो खेल करियरमा विभिन्न राष्ट्रमा भएको प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कांस्य जितेका छन् । कमलले थाइल्यान्डमा सन् २०१८ मा भएको विश्व च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत, सन् २०१८ मा इङल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा १ स्वर्ण र १ कांस्य तथा क्रोएसियामा सन् २०१९ मा भएको वल्र्ड मार्सल आर्ट्स गेम्समा २ स्वर्ण जितेका थिए ।

त्यस्तै अस्ट्रियामा सन् २०१९ मा भएको विश्व कपमा २ रजत र १ कांस्य तथा इङल्यान्डमा सन् २०२३ मा भएको युरोपियन च्याम्पियनसिपमा १ स्वर्ण र १ कांस्य जितेका थिए । उनले सन् २०२० मा भएको भर्चुएल इन्टरनेसनल पेन्डामिक मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि १ स्वर्ण र १ कांस्य हात पारेका थिए । कमलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।

अनुपले पुरुष ७० केजीमुनि ओरिएन्टल बक्सिङ लाइट वेटमा स्वर्ण, लाइट कन्ट्याक्ट र एमएमए लाइट, ओपन क्लासमा रजत तथा किक लाइटमा कांस्य जिते ।

यसअघि अनुपले जापानको टोकियोमा भएको विभिन्न संस्करणको सुक वाङकिन्थोङ मुवाँथाईमा चार स्वर्णलगायतका पदक हात पारेका छन् ।

सोही प्रतियोगितामा नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए । सिद्धार्थ र अनुप अमेरिकाको न्युयोर्कबाटै प्रतियोगितामा सहभागी भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप