सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

साढे ८ घण्टापछि सरकारी वकिल कार्यालयबाट निकालियो रविलाई

सोमबार, १२ कात्तिक २०८१, २० : ११
सोमबार, १२ कात्तिक २०८१

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा पक्राउ परेर अनुसन्धानका क्रममा रहेका रास्वपा सभापति रवि लामिछानेलाई सोमबार करिब साढे ८ घण्टा बयान लिइएको छ । सरकारी वकिलको कार्यालयमा प्रहरीले उनीसँग लामो बयान लिएको हो ।

बिहान साढे ११ बजेतिर सरकारी वकिलको कार्यालयमा प्रवेश गराइएका रविलाई पौने ८ बजे राती मात्रै निकालिएको छ । उनलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला प्रहरी कार्यालयमा लगिएको हो । रविको बयानबारे थाहा पाएर त्यहाँ पुगेका उनका समर्थकहरू भने रविको बारेमा कुनै जानकारी नदिइएको भन्दै प्रहरीसँग रुष्ट बनेका छन् । 

‘लामो समयदेखि हामी यहाँ छौँ । प्रहरीले सामान्य जानकारी पनि दिएन,’ उनीहरुले भने, ‘बयान सकिएको हो कि होइन, अब के हुन्छ भन्ने सामान्य जानकारी पनि दिइएको छैन । यो गलत हो ।’ रविलाई जिल्ला अदालतले दोस्रो पटक ७ दिनको म्याद थप गरेको छ । उनको म्याद १४ गते सकिनेछ । 

तर १५ गतेदेखि नै तिहार बिदा हुने भएकाले उनलाई २० गते मात्रै अदालत उपस्थित गराउने बताइएको छ । लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको हो । रास्वपाले उनको समर्थनमा पोखरामा झण्डै १ साता प्रदर्शन गरेको थियो । पछिल्लो पटक म्याद थप भएपछि रास्वपाको प्रदर्शन काठमाडौँ केन्द्रित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप