सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
समाचार

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ जना घाइते

सोमबार, १२ कात्तिक २०८१, २० : ०९
सोमबार, १२ कात्तिक २०८१

सुर्खेत । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कपुकोट गाउँपालिका–६, की १३ वर्षीय सृजना बस्नेत र अन्य दुई जना रहेका छन् । सृजनालाई कपुरकोट स्वास्थ्य चौकीमा मृत घोषणा गरिएको छ भने अन्य दुई जनाको पहिचान खुल्न बाँकी छ ।  

सोमबार अपराह्न कपुरकोट गाउँपालिका–६, सिनबाङको दुबेदेबाट धान र पराल बोकेर छाप्नेटातर्फ जाँदै गरेको रा१ख २४०२ नम्बरको मिटी ट्र«क सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपानेले बताए ।

उनका अनुसार गाडीमा १२ जना सवार रहेका थिए । 

दुर्घटनामा ८ जना घाइते भएका छन् । उनीहरूमध्ये केहीलाई जिल्ला अस्पताल सल्यान र केहीलाई राप्ती प्रादेशिक अस्पताल तुल्सिपुर लगिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप