नागढुंगा सहकारीविरुद्ध उजुरी दिन बचतकर्तालाई प्रहरीको आग्रह

पोखरा । पर्वतको फलेबासस्थित नागढुंगा सहकारीविरुद्ध उजुरी दिन बचतकर्तालाई प्रहरीले आग्रह गरेको छ । प्रहरीले एक सूचना जारी गरी सहकारीबाट ठगिएका बचतकर्तालाई उजुरी दिन आग्रह गरेको हो ।
कार्किनेटामा कार्यालय रहेको सहकारीका सञ्चालकले बचतकर्ताको रकम अपचलन गरेको भन्दै सहकारी रजिष्ट्रार कार्यालय गण्डकीले अध्ययन गरेर प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनका आधारमा प्रहरीमा उजुरी नै दर्ता भइसकेको छ ।
केही पदाधिकारी पक्राउ परेका छन् भने अध्यक्ष र व्यवस्थापक फरार भएका छन् । प्रहरीले उक्त सहकारीमा रकम जम्मा गरेको र शेयर खरिदको प्रमाण पुग्ने कागजात सहित उजुरी दिन सूचना निकालेको हो ।
‘आ–आफ्नो नागरिकतासहित सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट लगायतको प्रमाणको सक्कल लिइ प्रहरी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।
उक्त सहकारीको ५ करोड ३८ लाख हिनामिना भएको छानबिन प्रतिवेदनले औँल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह