सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रवि लामिछाने ८ घण्टादेखि वकिल कार्यालयमा, बयान सक्ने तयारी

सोमबार, १२ कात्तिक २०८१, १९ : २८
सोमबार, १२ कात्तिक २०८१

पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग प्रहरीले लामो बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा बिहान साढे ११ बजेदेखि बयान सुरु भएकोमा हालसम्म जारी छ । 

स्रोतका अनुसार बयान आजै सक्ने तयारी छ ।

रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ । 

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको अनुसन्धानका लागि कास्की लगिएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप