सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
समाचार

एयर इन्डियाको विमानमा केही भेटिएन, विमानस्थल नियमित रूपमा सञ्चालन

सोमबार, १२ कात्तिक २०८१, १९ : १४
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । बम राखिएको हल्ला चलेपछि सुरक्षा जाँच गर्दा एयर इन्डिया एआई–२१६ मा विस्फोटक पदार्थ भेटिएन । यसअघिको जस्तै बम राखिएको हल्लामात्रै चलाएको पुष्टि भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले रातोपाटीलाई बताए । उनले भने, ‘सर्च गर्दा केही पनि भेटिएन ।’

यसअघि कार्तिक ६ मा पनि भिस्तारा एयरको विमानमा बम राखिएको हल्ला चलाइएको थियो । सेना र प्रहरीले करिब डेढ घण्टा सर्च अपरेसन चलाएका हुन् । सर्च गर्दा विस्फोटक पदार्थ नभेटिएपछि सो विमान दिल्ली उडेको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर बिकले रातोपाटीलाई बताए ।

विमानमा १६९ जना यात्रु लिएर दिल्ली उडेको छ । दिल्लीबाट १३७ जना यात्रु लिएर आएको सो विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्किँदै थियो । तर, दिल्लीबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच गरिएको एसएसपी बिकले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप