पटका बनाउँदा पड्किएर एक बालक घाइते
सोमबार, १२ कात्तिक २०८१, १८ : ३३
पोखरा । पोखरामा पटका बनाउने क्रममा पड्किएर एकजना घाइते भएका छन् । पोखरा–२१ फुस्रेखोलाका १७ वर्षीय असिम परियार आल्मुनियमको पातामा सलाईको काँटीले पटका बनाउँदा पड्किएर घाइते भएका हुन् ।
पटका बनाउँदै गर्दा एक्कासि पड्किएपछि उनी घाइते भएका कास्की प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचार हुन नसकेपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौँ रिफर गरिएको छ ।
उनको शरीरका विभिन्न भागमा चोट रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’