सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

मुद्दा जिताइ दिने भन्दै एक करोड २८ लाख ठग्ने एक जना पक्राउ

सोमबार, १२ कात्तिक २०८१, १८ : १३
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । मुद्दा जिताइ दिने भन्दै एक करोड २८ लाख ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर बस्ने ४५ वर्षीय रवीन्द्र महर्जन रहेका छन् । 

महर्जनले काठमाडौँ–निजगढ (फास्टट्रयाक) द्रुत मार्ग टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताई दिन्छु भनि रकम माग गरेको र  रकम नदिएमा मुद्दा हराई दिने धम्की समेत दिएर एक करोड २८ लाख ठगेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप