सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
समाचार

नेपाली सेनालाई हतियार किन्न सुरक्षा परिषद्को प्रस्ताव

सोमबार, १२ कात्तिक २०८१, १७ : ४१
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेनालाई चाहिने हात हतियार, खरखजना र सैन्य सामग्री खरिद गर्न प्रस्ताव गरेको छ । 

आइतबार बसेको परिषद्को बैठकले सेनालाई सैन्य सामग्री खरिद गर्न प्रस्ताव गरेको रक्षा सचिव रामेश्वर दंगालले जानकारी दिए । प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृति दिए सेनालाई हतियार खरिद गर्न बाटो खुल्छ । 

त्यस्तै बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र अपनाउनुपर्ने सावधानी र मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा र अपनाउनुपर्ने भावी रणनीतिका बारेमा छलफल भएको छ । 

सुरक्षा परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छभने रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहन्छन् । त्यस्तै रक्षा सचिव परिषद्को सदस्यसचिव रहने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप