सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

डीआरएस, लियो र हमिङ बर्ड च्याम्पियन

सोमबार, १२ कात्तिक २०८१, १७ : २५
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । बागतमी ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपको उपाधि लियो ई स्पोर्टस, डीआरएस गेमिङ र हमिङ बर्डले जितेका छन् । चितवनको भरतपुरमा सम्पन्न प्रतियोगितामा पब्जी मोबाइलतर्फ लियो ई– स्पोर्टस, एमएलबीबीतर्फ हमिङ बर्ड र अनर अफ किङ्सतर्फ डीआरएस गेमिङ च्याम्पियन बनेका हुन् ।

अनलाइनमार्फत भएको पब्जी मोबाइलमा लियो पहिलो बन्दा टीटूके ई–स्पोर्टस दोस्रो, किलर अफ माउन्टेन्स तेस्रो र फ्याबुलस फोर चौथो भए । विजेताहरूले क्रमशः ६५ हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

ल्यान ईभेन्टको रुपमा भरतपुरमा भएको एमएलबीबीको फाइनलमा हुमिङ बर्ड पहिलो हुँदा पिङ पोङ दोस्रो, एचएफएच ई–स्पोर्टस तेस्रो र दि नाइन्टिन सेभेन्टिफाइभ चौथों बने । विजेता टोलीले क्रमशः ३० हजार, २५ हजार, २० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यसैगरी, अनर अफ किङ्समा डीआरएस गेमिङ पहिलो, लियो ई–स्पोर्टस दोस्रो, गफलाइक ई–स्पोर्टस तेस्रो र कलर अफ गेम्स चौथौं भए । विजेता डीआरएसले ५० हजार र दोस्रो भएको लियाले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

ई–फुटबलमा साकार श्रेष्ठ पहिलो, सोनम श्रेष्ठ दोस्रो, लाकेश गुरुङ तेस्रो र बुद्धबहादुर भट्टराई चौथौ भए । च्याम्पियन साकारले ३० हजार र दोस्रो सोनमले २० हजार तथा तेस्रो लोकेश र चौथो बुद्धले समान १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा चार सय टोलीका करिब दुई हजार खेलाडी सहभागी थिए । प्रतियोगिताका विजयी टोली र खेलाडीहरुलाई आयोजक ई–स्पोर्टस संघका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसी, बोर्ड सदस्यहरु सजिव भट्टराई, सिजन भट्टराई र पुकार केसी तथा सहआयोजक क्यासी स्पोर्टसका प्रबन्ध निर्देशक सुभासिष लामिछानेलगायतले पुरस्कार वितरण गरे ।

ई–स्पोर्टस संघको यस वर्षको पहिलो कार्यक्रमको रुपमा बागमती ई–स्पोर्टस च्याम्पियनसिप चितवनमा सम्पन्न भएको हो । प्रतियोगितालाई भरतपुर महानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, राष्ट्रिय खेलकुद परिषद्सहित विभिन्न संघ–संस्थाले सहयोग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप