सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
समाचार

नेपालमा एक साताको अवधिमा दोस्रो पटक विमानमा बमको हल्ला

सोमबार, १२ कात्तिक २०८१, १६ : ३९
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । एक साताको अवधिमा नेपालमा दोस्रो पटक बमको हल्ला चलेको छ । सोमबारमात्रै काठमाडौँबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाकाे विमानमा बम राखिएको हल्ला फैलिएको छ ।  

यससँगै सुरक्षा अधिकारीहरूले विमान चेकजाँच थालिएको छ । एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि चेकजाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले रातोपाटीलाई बताए ।

दिल्लीबाट १३७ जना यात्रु लिएर आएको सो विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्किँदै थियो । तर, दिल्लीबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच भइरहेको एसएसपी बिकले जानकारी दिए । सो विमानमा १६९ जना यात्रु दिल्ली उड्ने प्रतीक्षामा छन् ।

यसअघि कात्तिक ६ गते  भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेको थियो । लगत्तै प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गर्दा केही फेला परेको थियो । 

त्यतिबेला दिल्लीबाट काठमाडौँ अवतरण गरेको उक्त विमानमा बमको हल्ला भएको जानकारी गराएपछि केहीबेर आतंक सिर्जना भएको थियो । 

पछिल्लो समयमा भारतमा विमानमा बम रहेको भनेर पटक पटक हल्ला चल्ने गरेपनि सर्च अपरेशनका क्रममा भने केही फेला पर्ने गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप