देशभर २७ हजारभन्दा बढी डेंगु सङ्क्रमित, आधा गण्डकी प्रदेशमा

काठमाडौँ । देशभरका २७ हजारभन्दा बढी डेंगु सङ्क्रमितमध्ये आधा बिरामी गण्डकी प्रदेशमा देखा परेका छन् ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २७ हजार १५३ जनामध्ये गण्डकीमा प्रदेशका १३ हजार ६९८ जनामा डेंगु सङ्क्रमण देखा परेको हो । देशभर माघ यता डेंगु पुष्टि भएको सङ्ख्यामध्ये ५० प्रतिशत बिरामी यही प्रदेशमा छन् ।
यस्तै, बाग्मती प्रदेशका ८ हजार ४६१ जनालाई, कोशीका १ हजार ७०९ जनालाई, लुम्बिनीका १ हजार ४ सय, सुदूरपश्चिमका १ हजार ११८ जनालाई, मधेसमा ४६० जनालाई र कर्णालीका ३ सय ७ जनालाई डेंगु सङ्क्रमण भएको छ ।
यस्तै, जिल्लागत रूपमा सबैभन्दा बढी कास्कीमा ७ हजार ८० जनामा डेंगु सङ्क्रमण भएको छ । काठमाडौँमा ४ हजार ६० जनालाई, तनहुँका २ हजार १९९ जनालाई र ललितपुरमा १ हजार ६० जनालाई डेंगु सङ्क्रमण भएको छ । यस्तै, चितवनका १ हजार ५७ जनालाई बाग्लुङका ९५१ जनालाई, गोर्खामा ७९९ जनालाई, भक्तपुरमा ६२८ जनालाई र कैलालीमा ४२४ जनालाई डेंगु सङ्क्रमण भएको छ ।
देशभर ७७ मध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । ईडिसिडीका अनुसार देशभरका डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक