सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

अल्ट्रा धावक सुमनलाई सिकप्रिड फाउन्डेसनको सहयोग

सोमबार, १२ कात्तिक २०८१, १६ : १९
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । नेपालका चर्चित अल्ट्रा धावक सुमन कुलुङ राईलाई अस्ट्रियाको सिकप्रिड फाउन्डेसनले सहयोग गर्ने भएको छ । विगत दुई वर्षदेखि धावक राईलाई आवश्यक सहयोग गर्दै आएको फाउन्डेसनले अब खेलजीवनभर सहयोग गर्ने बताएको छ ।

यसका लागि वर्षको करिब १२ हजार युरो खर्च हुने फाउन्डेसनले अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङसँगको भेटमा फाउन्डेसनकी अध्यक्ष सिकप्रिडले धावक राई विश्वको १० जना खेलाडीभित्र पर्ने सम्भावना रहेको बताइन् ।

राईको शारीरिक परीक्षणबाट उनीभित्र खेल सम्भावना देखिएको बताउँदै नेपालमा सुमनजस्ता धेरै खेलाडी हुनसक्ने सम्भावना पनि औँल्याइन् । धावक राई पर्यटन गाइडका रूपमा काम गर्दा दुई वर्षअघि फाउन्डेसनका पदाधिकारीसँग सम्पर्कमा आएका थिए ।

फाउन्डेसनले राईको विस्तृत स्वास्थ्य परीक्षण गरेर उनी विश्वका उत्कृष्ट १० धावकभित्र पर्ने सम्भावना रहेको भन्दै सहयोग गरेको हो । फाउन्डेसनकी अध्यक्ष सिकप्रिडले सन २०२५ सेप्टेम्बरमा आयोजना हुने वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीका लागि मेडिकललगायतको खर्च पनि व्यवस्थापन गरिदिने बताइन् । कार्यक्रममा नेपाल एड्भेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवर पनि उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप