स्पष्टीकरण बुझाउने अन्तिम दिन भीम रावलले भने– अध्ययनमै छु

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टीले सोधेको स्पष्टीकरणपत्र बुझाइनसकेको बताएका छन् । पार्टीले ७ दिनको म्याद दिएर सोधेको स्पष्टीकरणपत्रको जवाफ बुझाउने अन्तिम दिन सोमबार भएपनि रावलले अझैसम्म पार्टी कार्यालयमा नपठाएका हुन् ।
सोमबार दिउँसो ४ बजे रातोपाटीको सम्पर्कमा आएका रावलले आफूले स्पष्टीकरण बुझाइनसकेको र अध्ययनमै रहेको बताए । ‘म यो विषयमा अध्ययनमै छु । बुझाइसकेको छैन’, उनले भने ।
व्यवसायी मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माण गर्न जग्गा दान दिएको विषयमा नकारात्मक टिप्पणी गरेको भन्दै एमाले सचिवालय बैठकको निर्णय अनुसार कात्तिक ६ गते रावलसहित स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टीकरण दिन ७ दिनको म्याद दिएर महासचिव शंकर पोखरेलले पत्राचार गरेका थिए । जुन स्पष्टीकरणको जवाफ पाण्डे र तिम्सेनाले भने दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा