सेयर बजार
चार दिनपछि २७.४१ अंकले बढ्यो सेयर बजार
सोमबार, १२ कात्तिक २०८१, १५ : १८

काठमाडौँ । चार कारोबार दिनपछि सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । तीन दिन लगातार घटेको बजार चौथौ दिनमा २७.४१ अंकले बढेको हो । आज परिसूचक २६४५.३६ बिन्दुमा उक्लिएको छ ।
आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसले गर्दा कुल ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ ।
आज जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै रिभर फल्स पावर र मेन्छिएम हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो ।
सोमबार कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको ३३ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । आज कुल २१३ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको घट्दा २ कम्पनीको मूल्य स्थिर रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग फुटबलमा आर्सनल विजयी
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी