अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : प्रमुख आयुक्त राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले केही गर्न नसक्ने भएकाले सबैको सहयोग अनिवार्य हुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था समितिको बैठकमा भएको छलफलमा भाग लिँदै प्रमुख आयुक्त राईले अति जटिल कामहरू र सहजै हुने विकासका काममा सोही अनुसारको प्रावधान राख्नुपर्ने बताए ।
साथै उनले विकसित राष्ट्रमा विकासका नाममा बनेका गाइडलाइन नेपालको हकमा कार्यान्वयन गर्न जटिल हुने बताए । ‘अति जटिल पुल, सुरुङ या ट्र्याकमा अन्तर्राष्ट्रिय कन्सल्टेन्ट चाहिन्छ’, प्रमुख आयुक्त राईले भने,‘त्यसमा मात्र ९० को इभालुएसन राख्नुस् ।’
साथै उनले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियारको एक्लो प्रयासले सम्भव नभएको बताए । ‘अख्तियार एक्लैले भ्रष्टाचार कन्ट्रोल गर्न सक्दैन । यसमा सबैको सहयोग चाहिन्छ’, प्रमुख राईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा भाडामा लिएर सञ्चालन नगर्ने ३ उद्योगसँगको सम्झौता रद्द
-
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिट धमाधम बन्दै, तस्बिरहरू
-
उपाधि भारतले जिते पनि गोल्डेन ब्याट, गोल्डेन बल र सर्वोत्कृष्ट खेलाडी न्युजिल्याण्डको पोल्टामा
-
गर्मीमा भुलेर पनि खान हुँदैन यी पाँच कुरा
-
कमल थापाले बोलाए पदाधिकारी बैठक
-
मिलन नेवारलाई भारतमा 'स्वर कोकिला लता मंगेशकर सम्मान'