सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारी डराउने गरी ऐन नबनाएसम्म प्रभावकारी अनुसन्धान हुँदैन : सांसद अधिकारी

सोमबार, १२ कात्तिक २०८१, १४ : ४०
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । जसपा नेपालका सांसद प्रकाश अधिकारीले अख्तियारले काम गरेको विषयमा तात्त्विक सुधार नभएको बताएका छन् । उनले भ्रष्टाचारी डराउने गरी ऐन बनाएसम्म प्रभावकारी अनुसन्धान नहुने समेत बताए ।

सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले भने, ‘अख्तियारले काम गरेको विषयमा तात्त्विक सुधार भएको छैन । भ्रष्टाचार गर्नै डराउने गरी ऐन बनाएन भने काम हुँदैन । ऐन पहिला पनि थियो तर छिद्र प्रयोग भयो । त्यसकारण निर्मम भएर यो ऐन बन्नुपर्छ ।’

उनले बयान लिन समय लम्ब्याइएको विषयमा समेत सुधार हुनुपर्नेमा जोड दिए । उनले भने, ‘ हिरासतमा राखेर बयान लिन ६० दिन लाग्छ ? यसमा पनि सोचौँ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप