सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

सिंघम अगेनको सेटमा घाइते भएका थिए अजय देवगन

सोमबार, १२ कात्तिक २०८१, १४ : ३६
सोमबार, १२ कात्तिक २०८१

नयाँ दिल्ली । बलिउड अभिनेता अजय देवगन यतिबेला रोहित शेट्टीको कप युनिभर्सको आगामी फिल्म ‘सिंघम अगेन’लाई लिएर चर्चामा छन् । 

फिल्मको प्रमोशनका लागि अभिनेता–निर्देशकको जोडी सलमान खानको रियालिटी शो ‘बिग बोस’मा  पुगेका थिए । यस क्रममा अजयले फिल्मको सुटिङका ​​क्रममा आफ्नो आँखाको ज्योति गुमेको बताए ।

फिल्मको सेटमा घाइते भएको विषयमा अजयलाई सलमान खानले सोधेका थिए, ‘तिम्रो आँखामा चोट लागेको थियो, के यही लागेको थियो चोट ?’ यसको जवाफमा निर्देशक रोहित शेट्टीले सिंघम अगेनको सेटमा अजय घाइते भएको बताए । आफूलाई पनि अजयले उनलाई चोट लागेको शट देखाएको सलमानले बताए ।

गर्नु परेको थियो शल्यक्रिया

‘अजयले मलाई एउटा शट देखाए । उनीबाट गल्ती भयो । एकजना मानिस उसलाई कुट्न भनेर लठ्ठी लिएर आएका थिए । तर समयको तालमेल नमिल्दा लठ्ठीले सिधै उसको आँखामा लाग्यो । त्यसपछि अजयले २–३ महिनासम्म आफ्नो आँखाको ज्योति गुमाए । उनको शल्यक्रिया समेत गर्नु परेको थियो,’ बिग बोस होष्ट सलमानले भने । अजय देवगनको मनोबल बढाउँदै सलमान खानले एक्शन गर्‍यो भने यस्तो त भइरहन्छ भनेका थिए ।

रोहित शेट्टीले निर्देशन गरेको सिंघम अगेन यही दीपावलीको अवसरमा रिलिज हुँदैछ । यो फिल्ममा अजय देवगन एक पटक फेरि बाजीराव सिङ्घमको भूमिकामा देखिने छन् । योसँगै फिल्ममा करिना कपूर पनि छिन् । फिल्ममा दीपिका पादुकोणको साथसाथै अक्षय कुमार, टाइगर श्राफ, रणवीर सिंह र अर्जुन कपूरको पनि अभिनय रहेको छ । फिल्ममा सलमान खान चुलबुल पाण्डेको भूमिकामा देखिनेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप