सांसद थानीको प्रश्न : गिरीबन्धु र ललिता निवास प्रकरणका विषय कहाँ पुगे ?
सोमबार, १२ कात्तिक २०८१, १४ : २९

काठमाडौँ । कांग्रेस सांसद हृदयराम थानीले देश बारूद खानाभन्दा पनि खतरा स्थितिमा पुगेको बताएका छन् । सोमबार बसेको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । सरकारमा बसेर सबै कुरा ठिक छ भन्ने अवस्था नरहोस् भन्दै यसतर्फ गम्भीर भएर सोच्न समेत उनले आग्रह गरे ।
उनले भने, ‘म आग्रह गर्छु कुनै दिन विस्फोट नहोस् । आज सरकारमा बसेर सबै कुरा ठिक छ भन्ने अवस्थामा नरहोस् । गम्भीर भएर सोचौँ ।’
सांसद थानीले गिरीबन्धु, वाइडवडी लगायतका विषयमा ओझेल पारिएको बताए । सांसद थानीले भने, ‘गिरीबन्धु, वाइडवडी, ललिता निवास, क्यान्टोनमेन्ट, यति ओम्निको विषय कहाँ पुग्यो ? यसको जवाफ र उत्तर दिने कहिले र कसले ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा
-
विस्काः जात्रामाथि विचार–मन्थन
-
भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ
-
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण