सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

तिहार गीत ‘तिहारको रमाइलो’ सार्वजनिक

सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । गीतकार डी.पी दाहाल ‘परिश्रमी’को मौलिक देउसी गीत ‘तिहारको रमाइलो’ सार्वजनिक भएको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै सार्वजनिक गीतमा सविन लिम्बुको संगीत तथा सविन लिम्बु, रोजिना बस्नेत र डि.पि. दाहालको स्वर छ । 

नेपाली चाड र संस्कृतिको जगेर्ना गर्दै मनोरञ्जन दिने हिसाबले छमछमी नाच्दै, मिठो देउसी भट्याउँदै ल्याइएको गीतमा स्मारीका ढकाल, सुरेश कोइल लगायतको अभिनय छ ।

रीता सिंखडा दाहालको प्रस्तुती रहेको गीतको म्युजिक भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । राहुल बराइलीको कोरीयोग्राफी, ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीत सिलन लम्सालले सम्पादन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया