सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
राज्य व्यवस्था समिति बैठक

रवि लामिछानेको मुद्दामा  निष्पक्ष र न्यायसङ्गत छानबिन होस् :  सांसद कार्की

सोमबार, १२ कात्तिक २०८१, १३ : ५८
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्दा कार्की भण्डारीले आफ्नो पार्टीले न्यायालयलाई प्रभावित पार्न नखोजिएको बताएकी छन् । सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले पार्टी सभापति रवि लामिछानेको मुद्दा र आन्दोलनप्रति इङ्गित गर्दै सो कुरा बताएकी हुन् 

सांसद कार्कीले भनिन्– ‘रास्वपाले न्यायालयलाई प्रभावित गर्न खोजेको होइन । १२ लाख नेपालीले पत्याएको दलको शुभचिन्तक भेला भएर चिन्तन गर्नु सामान्य हो । रवि लामिछानेको मुद्दा अदालतमा पुगेको छैन । अहिले प्रहरीमा मात्र पुगेको हो । हामीले आन्दोलन गलत मनसायले गरेको हैन ।’ 

उनले लामिछानेलाई न्याय दिन र थुना बाहिर राखेर अनुसन्धान गर्न गृहमन्त्रीसँग अनुरोध समेत गरिन् । उनले भनिन्ः ‘रबि लामिछानेको मुद्दामा  निष्पक्ष र न्यायसङ्गत छानबिन होस् । प्रमाणको आधारमा गृहले काम गरोस् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप