सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

अनमोलको ‘जेरी अन टप’को छायाङ्कन सुरु

सोमबार, १२ कात्तिक २०८१, १३ : ४८
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘जेरी अन टप’को छायाङ्कन सुरु भएको छ । सोमबार पाटनस्थित बङ्गलामुखी मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो । 

शुभ साइत कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङको सहभागी थियो । गुरुङले फिल्मलाई सफलताको शुभकामना दिए ।

सरोज न्यौपानेको निर्माणमा बन्न लागेको फिल्मको लगानीमा न्यौपानेलाई दीपक भण्डारी, रोबिन शेरचन, रामकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् । कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र अनिरुद्र गिरी छन् भने ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माताका रूपमा रहेका छन् । 

सुयोग गुरुङको निर्देशन रहने फिल्मको कथा हेमराज बिसीको हो । यो फिल्ममा विश्व तिमिल्सिनाको पटकथा छ । 

फिल्ममा अनमोलको अलवा भुवन केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्नेबुढा’, विपना थापा, निर्मल शर्मा, सुरक्षा पन्त, सङ्गीता मगर र सुष्मा निरौलाको अभिनयमा रहने छ । 

कार्यक्रममा अनमोलले आफूलाई सधैँ राम्रो फिल्म गर्ने भोक रहेको भन्दै जेरीको कथावस्तुले आफू लोभिएको बताए ।

६० दिनको सेड्युल लिएर फ्लोरमा निस्केको फिल्म काठमाडौँ, लुक्ला र भारतको लद्धाखमा छायाङ्कन हुनेछ ।  

फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार लिएका छन् । फिल्ममा किरण थापाको कोरियोग्राफी र विर्जेश श्रेष्ठको संगीत रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप