सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

पाकिस्तानी टोलीको प्रशिक्षक परिवर्तन

प्रमुख प्रशिक्षक क्रिस्टनको राजीनामापछि एकदिवसीय टोलीको जिम्मेबारी गिलेस्पीलाई
सोमबार, १२ कात्तिक २०८१, १३ : ४४
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । गेरी क्रिस्टनले पाकिस्तानको एकदिवसीय र टी–२० राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक पदबाट राजीनामा दिएपछि उक्त जिम्मेबारी पनि टेस्ट टोलीका प्रमुख प्रशिक्षक जासन गिलेस्पीले नै समाल्ने भएका छन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सोमबार उक्त जानकारी दिएको हो । पाकिस्तानी टोलीको अस्ट्रेलिया भ्रमणअघि प्रमुख प्रशिक्षक क्रिस्टनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । दक्षिण अफ्रिकाका पूर्वखेलाडी क्रिस्टनलाई पीसीबीले गत अप्रिलमा प्रमुख प्रशिक्षक नियुक्त गरेका थियो ।

पीसीबीले क्रिस्टनसँग दुई वर्षका लागि सम्झौता गरेको थियो । तर, उनले ६ महिनापछि नै आफ्नो जिम्मेबारीबाट बिदा लिएका हुन् । पाकिस्तानी टोलीले निकेट भविष्यमा अस्ट्रेलिया भ्रमणमा जाँदैछ । पाकिस्तानी टोलीको अस्ट्रेलिया भ्रमण नोभेम्बर ४ तारिखदेखि सुरु हुनेछ ।

अस्ट्रेलिया भ्रमणका क्रममा एकदिवसीय टोलीको प्रमुख प्रशिक्षकको जिम्मेबारी पनि गिलेस्पीले नै निर्वाह गर्नेछन् । पीसीबीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो । गिलेस्पी पनि क्रिस्टनसँगै टेस्ट टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए ।

गिलेस्पीको प्रशिक्षकत्वमा पाकिस्तानले टेस्ट क्रिकेटमा सुधारिएको प्रदर्शन गरेको छ । पाकिस्तानी टोलीले हालै घरेलु मैदानमा इङ्ल्यान्डलाई तीन टेस्टको शृंखलामा २–१ ले हराएको थियो । पाकिस्तानले घरेलु मैदानमा २०२१ पछि पहिलो पटक टेस्ट शृंखला जितेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप