सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

ट्रम्प राष्ट्रपति बने बजेटमा २ खर्ब डलर कटौती हुन्छ: मस्क

सोमबार, १२ कात्तिक २०८१, १३ : ४१
सोमबार, १२ कात्तिक २०८१

वासिङ्टन डिसी । राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भए भने अमेरिकाको संघीय बजेट दुई ट्रिलियन डलर (दुई खर्ब)ले कटौती हुने अमेरिकी खर्बपति व्यापारी एलन मस्कले बताएका छन् । यसबाट सर्वसाधारणलाई फाइदा हुने उनको भनाइ छ । न्युयोर्कमा आयोजित ट्रम्पको ‍चुनावी र्‍यालीमा मस्क सहभागी भएका थिए । यसै क्रममा मस्कले बजेटमा ठुलो कटौती हुने धारणा राखेका हुन् । 

तपाईँहरूको पैसा बर्बाद भइरहेको छ– मस्क

न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा आयोजित ‍र्‍यालीमा आफ्नो सम्बोधनमा मस्कले भने, ‘तपाईँहरूको पैसा बर्बाद भइरहेको छ । हामी तपाईँमाथि सरकारको बोझ कम गर्नेछौँ र जनतामाथि बजेटमा करको बोझ पनि घटाउँनेछौँ।’  आफ्नो सरकार बनेमा सरकारी खर्च कटौती गर्ने र यसका लागि ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी’ नामक विभाग बनाउने घोषणा ट्रम्पले गरेका छन् । ट्रम्पले यस विभागको प्रमुख मस्कलाई बनाउने घोषणा गरेका छन् । यही कारणले मस्कले खर्च कटौती जस्ता ठुला वाचा गरिरहेका हुन् । न्यूयोर्कको ‍र्‍यालीमा मस्कलाई संघीय बजेटमा कति कटौती गर्न सकिन्छ भनेर सोधिएको थियो, जसमा मस्कले करिब २० खर्ब डलर भनेका थिए ।

कटौतीले मस्क आफैँलाई पनि हुनेछ घाटा

मस्कले बजेटमा ठुलो हुने बताएपनि यो घोषणाले मस्कलाई नै घाटा हुन सक्ने आलोचकहरूको भनाइ छ । मस्कका कम्पनीहरू टेस्ला इंक र स्पेसएक्स अमेरिकी सरकारले संघीय ठेक्का दिएको कम्पनीमा पर्दछन् । यस अन्तर्गत अमेरिकी सरकारले यी कम्पनीहरूलाई करोडौँ डलर सहयोग उपलब्ध गराइरहेको छ ।

मस्कले बजेटमा कटौतीको घोषणा गरेपछि उनको कम्पनीलाई प्राप्त हुने सरकारी रकममा असर पर्न सक्नेछ । अर्को रोचक कुरा के छ भने अमेरिकाको वार्षिक बजेट करिब ६७ खर्ब ५० अर्ब डलर छ । मस्कले आफ्नो बजेटको दुई तिहाइ अर्थात् २० खर्ब डलर कटौती गर्ने ठुलो घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नो सम्बोधनमा कयौँ कल्याणकारी कार्यक्रम सुरु गरेर सर्वसाधारणलाई आर्थिक सहयोग गर्ने घोषणा पनि गरेका छन् । सरकारले बजेटमा ठुलो कटौती गरेमा घाटा बढ्ने अर्थविद्हरू बताउँछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप