सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

यी हुन् हिन्दी सिनेमामा एक करोड लिने पहिलो सुपरस्टार

सोमबार, १२ कात्तिक २०८१, १३ : ३२
सोमबार, १२ कात्तिक २०८१

नयाँ दिल्ली । बलिउडमा कलाकारहरूको बढ्दो शुल्कबारे करण जोहरलगायत कयौँ फिल्म निर्माताहरूले कलाकारको बढ्दो पारिश्रमिकबारे आफ्नो धारणा व्यक्त गरिसकेका छन् । हिजोआज हरेक फिल्मको लागि कलाकारहरूले करोडौँको पारिश्रमिक लिइरहेका छन् ।

तर आज हामी तपाईंलाई हिन्दी फिल्ममा १ करोड भारु पारिश्रमिक लिने पहिलो सुपरस्टारबारे कुराकानी गर्नेछौँ । अमिताभ बच्चन ८० को दशकमा आफ्नो स्टारडमको शिखरमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता थिए । सो अवधिमा उनले आफ्नो पारिश्रमिक १० लाख भारुबाट बढाएर एकैचोटी ५० लाख भारु पुर्‍याएका थिए । ती दिनमा  फिल्म उद्योगमा ५० लाख भारु सबैभन्दा बढी पारिश्रमिक मानिन्थ्यो । साउथ र क्षेत्रीय सिनेमाको त परको कुरा हो । बलिउडमा पनि अन्य कुनै कलाकारले ५० लाख भारु पारिश्रमिक लिँदैनथे ।

८० को दशकमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता अमिताभ बच्चन थिए, तर ९० को दशकमा उनको स्टारडमसँगै उनको पारिश्रमिकसित प्रतिस्पर्धा गर्न सक्ने कलाकारहरू पनि देखा परे । अमिताभ बच्चनको पारिश्रमिकसँग प्रतिस्पर्धा गर्ने अभिनेता हिन्दी फिल्म उद्योगका भने होइनन् । उनी साउथ सिनेमाका अभिनेता चिरञ्जीवी थिए । साउथ सिनेमाका सुपरस्टार चिरञ्जीवी त्यस्ता अभिनेता हुन् जसले अमिताभ बच्चनको भन्दा दोब्बर पारिश्रमिक लिएका थिए । उनी फिल्म उद्योगको इतिहासमा १ करोड भारु लिने पहिलो अभिनेता बने । चिरञ्जीवीले फिल्म ‘आपडबन्धु’का लागि १ करोड २५ लाख भारु लिएर नयाँ कीर्तिमान बनाएका थिए ।

सन् १९९२ मा तेलुगु सुपरस्टार चिरञ्जीवी म्यागजिन द वीकको कभरमा देखिएका थिए । ‘द वीक’ले उनको तस्बिरसँगै क्याप्सनमा ‘बच्चनभन्दा ठुलो’ लेखेको थियो । शुल्कको हिसाबले यो कुरा सही पनि थियो । चिरञ्जीवी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता थिए भने अमिताभ बच्चनले फिल्मबाट ब्रेक लिएका थिए । त्यतिबेला फिल्म उद्योगमा सन्नी देओल, कमल हसन, रजनीकान्त, शाहरुख खान जस्ता कलाकारहरूको वचर्श्व थियो । यिनीहरूले आफ्ना हरेक फिल्मका लागि ६० देखि ८० लाख भारु पारिश्रमिक लिन्थे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप