पर्वतको नागढुंगा सहकारीबाट ५ करोड अपचलन, अध्यक्ष र व्यवस्थापक फरार

पोखरा । पर्वतको फलेवासस्थित नागढुंगा सहकारीको रकम पनि अपचलन भएको पुष्टि भएको छ । सञ्चालक समिति मिलेर उक्त सहकारीको ५ करोडभन्दा बढी रकम हिनामिना गरेको छानबिनबाट पुष्टि भएको हो ।
विज्ञ समूहले गरेको अध्ययन अनुसार सहकारीमा बचतकर्ताले जम्मा गरेको ४ करोड ८० लाख हिनामिना भएको हो । अहिले सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार छन् ।
कोषाध्यक्ष दीर्घनारायण शर्मा भने पक्राउ परिसकेका पर्वत प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरी कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।
सहकारी रजिस्टारको कार्यालय गण्डकीले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी छन् । उक्त सहकारीमा साढे ६ सय हाराहारी बचतकर्ता छन् ।
छानबिनबाट बदमासी भएको देखिएपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भैसकेको छ । प्रहरीले सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेस गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण
-
शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको पुनः आग्रह
-
सरकार परिवर्तनको कुरा हल्ला मात्र : परराष्ट्रमन्त्री राणा
-
असन्तुष्टिका आवाज सम्बोधन गर्ने कानुन बनाउन सबैको प्रतिबद्धता आवश्यक : सभामुख
-
सत्ता गठबन्धनबिच कुनै विवाद छैन : सभापति देउवा
-
संघीय संसद्को हिउँदे अधिवेशन सुरु