सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुरानो घाउ लिएर आइन् गायिका पूर्णिमा

सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । गायिका पूर्णिमा लामाको ‘पुरानो घाउ’ बोलको गीत सार्वजनिक भएको छ । गायिका लामाकै शब्द,  संगीत रहेको गीतमा नारायन दंगालको एरेन्ज रहेको छ । 

आफूलाई भन्दा बढी माया गरेको प्रेमीले धोका दिएपछि प्रेमीकाले देखाएको एकतर्फी मायालाई देखाइएको भिडियोमा गायिका पूर्णिमा लामा स्वयम फिचर्ड छिन् । 

भिडियोमा उनी निकै भावुक देखिएकी छिन् । शुक्र लामाले तयार पारेको भिडियोको सम्पादन त्रिलोक लामाले गरेका छन् । 

प्रेम, वियोगले भरिएको पुरानो घाउ बोलको गीतको भिडियो गायिका लामाकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया