एक अर्काको आलोचनामा मग्न ट्रम्प–कमला

वासिङ्टन डीसी । यतिबेला अमेरिकामा राष्ट्रपति निर्वाचनको चहलपहल तीव्र छ । रिपब्लिकन र डेमोक्रेटिक दुवै पार्टीका उम्मेदवार मतदातालाई आफ्नो पक्षमा तान्न व्यस्त छन् ।
यसैबिच न्यूयोर्कमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्याली भइरहँदा कमला ह्यारिसको अभियानका सदस्यले ट्रम्पमाथि निशाना बनाएका थिए ।
यसैबिच, ट्रम्पले पनि आफ्ना र्यालीहरूमा वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी सहयोगी कमला ह्यारिसको कार्यकालको लगातार आलोचना गरिरहेका छन् ।
उनी सधैँ वाचा गर्छन् र सधैँ यसलाई पूरा गर्न असफल हुन्छन् भनेर डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको अभियानका सदस्यहरूले ट्रम्पको आलोचना गरेका थिए । डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिसको चुनावी अभियानले ट्रम्पलाई ‘अस्थिर’ भन्दै आफ्नो दोस्रो कार्यकालमा उनले असीमित शक्ति चाहेको बताएका थिए ।
ट्रम्प राष्ट्रपति बने भने आफ्ना राजनीतिक विपक्षीहरूलाई बदला लिने र जेल पठाउने वाचा गरेको पनि उनीहरूको भनाई छ । न्यूयोर्क आयोजित ट्रम्पको र्यालीमा अमेरिकी व्यापारी तथा विश्व सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्क पनि सहभागी भएका थिए । यस क्रममा उनले ट्रम्प अघि मञ्चमा उनकी श्रीमती मिलेनिया ट्रम्पलाई स्वागत गरेका थिए ।
यस अमेरिकी चुनावमा मस्कले खुलेर ट्रम्पको समर्थन गरिरहेका छन् । पतिको चुनावी प्रचार प्रसारमा मिलेनिया निकै कमै मात्र उपस्थित भएकी छिन् । नोभेम्बर ५ मा निर्वाचनको दिनसम्म हरेक दिन सातवटा स्विङ स्टेटका कुनै एक मतदातालाई १० लाख अमेरिकी डलर दिने घोषणा मस्कले गरेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने
-
खेलकुदमा अदालतको आदेश विपरीत नियुक्ति प्रकरण, पर्शुराम बस्नेतले पठाए अदालतमा लिखित जवाफ
-
प्रतिनिधिसभाको सम्भावित कार्यसूची तय, यी अध्यादेश निर्णयार्थ पेस हुँदै
-
एमाले मोरङको जिल्ला अधिवेशन प्रभावित, चुनाव भोलि मात्रै
-
राजसंस्था फर्काउने भन्दै पोखरामा राप्रपाको मोटरसाइकल र्याली, तस्बिरहरु
-
क्यानडा र मेक्सिकोमा कर लगाएपछि अमेरिकी सेयर बजार ओरालो लाग्यो