लेनदेनको पाँच लाख रुपैयाँ नतिर्दा वीरगन्जका उद्योगी पक्राउ
वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जका उद्योगी प्रेमकुमार जाटियालाई पक्राउ गरेको छ । लेनदेनको पाँच लाख रुपैयाँ नतिर्दा जाटिया पक्राउ परेका हुन् ।
पर्सा अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा जाटियालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए । उनका अनुसार जाटियालाई प्रहरीले आइतबार दिउँसो वीरगन्जको लिङ्करोडस्थित गरिमा विकास बैंकमाथि रहेको युनिक फर्मास्युटिकल्सको कार्यालयबाट पक्राउ गरेको हो ।
पक्राउ परेको जाटियालाई आइतबार नै अदालतमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता भारती बताउँछन् । वीरगन्ज–२ छपकैयास्थित श्रीराम कोलोनीमा माटो पुरेबापत ठेकेदार कम्पनी सत्यम सप्लायर्सलाई जाटियाले पाँच लाख रुपैयाँ भुक्तानी नदिएपछि विवाद उत्पन्न भएको थियो । त्यसपछि सोही विवादका कारण ठेकेदार कम्पनी आफ्नो पैसा लिन अदालत गएको थियो ।
ठेकेदार कम्पनीका सञ्चालक सञ्जयकुमार श्रीवास्तव र संगीता कुमारी वादी रहेको उक्त मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ वैशाख ३० गते गरेको फैसला अनुसार बिगो भराउन आदेश दिएको थियो । तर, जाटियाले बिगो नभरेपछि पुनः २०८१ कात्तिक २ मा अदालतले फेरि अर्को आदेश जारी गरेको थियो ।
जुन आदेशमा अदालतले ६ महिना कैदमा राखेर बिगो असुल गर्ने भनेको थियो । अदालतको यही आदेशको कार्यान्वयनका लागि प्रहरीले जाटियालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशको विजयी सुरुवात, गण्डकी प्रदेशलाई १०० रनले हरायो
-
वीरगञ्जमा आजदेखि दीपावली लक्षित रात्रिबजार लाग्दै
-
लसुनलाई तोरीको तेलमा मिसाएर लगाउनुस्, हट्नेछन् यी ५ समस्या
-
अब सवारी लाईसेन्स बोक्नु नपर्ने ! ट्राफिक नियम उल्लङ्घन गर्नेलाई यस्तो नियम लागु
-
सरकार कुनैपनि अनुसन्धानमा मानिसको मुख होइन, तथ्य र प्रमाण हेर्छ : गृहमन्त्री लेखक
-
लुम्बिनी प्रदेशको लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेशलाई ४१ रनले हरायो