सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

तौल घटाउन चाहनुहुन्छ ? यसरी खानुस् चिया सिड

सोमबार, १२ कात्तिक २०८१, ११ : ५१
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । वजन घटाउन चिया सिड निकै प्रभावकारी हुन्छन् । तपाईँ आफ्नो झोल्लिएको पेट घटाउन चाहनुहुन्छ भने आजैबाट चिया सिडको सेवन सुरु गर्नुहोस् । चिया सिड खाएपछि, पेट लामो समयसम्म डम्म भरिएको महसुस हुन्छ, जसले गर्दा हामीलाई के खाऊँ के खाऊँ हुन्न । चिया सिड खाँदा शरीरलाई आवश्यक भिटामिन, प्रोटिन र ओमेगा ३ फ्याटी एसिड प्राप्त हुन्छ । तर केही मानिसलाई चिया सिडको स्वाद मन पर्दैन । कतिलाई त चिया सिड कसरी खाने भन्ने पनि थाहा हुन्न ।

चिया सिडको पाउडर

चिया सिडको स्वाद मनपर्दैन भने तपाईँले यसलाई पाउडरको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । चिया सिडलाई ग्राइन्डरमा राखेर राम्ररी पिस्नुहोस् । धुलोलाई बट्टामा हालेर बिर्को कसिलो गरेर राख्नुस् । हरेक दिन दूध वा मनतातो पानीसँग एक वा दुई चम्चा यो धुलो सेवन गर्नुहोस् । चिया सिडलाई पिसेपछि बन्ने धुलो अलिकति चिपचिप हुन्छ ।

जाउलोमा हालेर खाने

बिहानको नास्तामा चिया सिडको सेवनले तौल घटाउन मद्दत गर्छ । यसले पेटलाई स्वस्थ राख्छ । यसलाई जाउलो वा ओट्ससँग मिसाएर पनि खान सकिन्छ ।

चिया सिड्स र पानी

तौल घटाउने प्रभावकारी उपाय भनेको पानीमा चिया सिड्स मिसाएर सेवन गर्नु हो । यसका लागि चिया सिडलाई एक गिलास पानीमा भिजाउनुहोस् । यसलाई रातभर भिज्न छाडिदिनुहोस् । हतार छ भने यसलाई १–२ घन्टा मात्रै भिजाएर पनि खान सकिन्छ । यी दुबै दुवै विकल्पहरू प्रभावकारी हुन्छन् । चिया सिडलाई भिजाएपछि यो जेल जस्तो संरचनामा परिणत हुन्छ । यसमा कागती वा सुन्तलाको रस मिसाएर पिउन सकिन्छ ।

चिया बीज र क्विनोआ

चिया सिडलाई क्विनोआ वा भातमा पनि मिसाएर खान सकिन्छ । यसलाई भात वा क्विनोआ पकाउने बेलामा हाल्न सकिन्छ । यसो गर्दा चिया सिडको स्वाद अलि कम हुनेछ र खान सजिलो हुनेछ ।

सलादमा चिया सिड

चिया सिडलाई सलादमा मिसाएर पनि सेवन गर्न सकिन्छ । यसका लागि तपाईंले कुनै विशेष प्रयास गर्नुपर्दैन । सलादमा चिया सिड छर्केर सिधैं खान सकिन्छ ।

अस्वीकरण: यस लेखमा दिइएको जानकारीको उद्देश्य रोग र स्वास्थ्यसम्बन्धी समस्याबारे जागरूकता ल्याउनु मात्रै हो । यो चिकित्सा रायको विकल्प होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप