क्रान्तिकारी कम्युनिस्ट पार्टीमा महासचिव हुने कि अध्यक्ष हुने विषय महाधिवेशनले टुङ्ग्याउने
![क्रान्तिकारी कम्युनिस्ट पार्टीमा महासचिव हुने कि अध्यक्ष हुने विषय महाधिवेशनले टुङ्ग्याउने](https://npcdn.ratopati.com/media/news/mohan-baidhya-cover_O1xj76mUj4.jpg)
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले सङ्गठनात्मक मोडालिटी सम्बन्धमा महाधिवेशनबाट नै टुङ्गो लगाउने भएको छ । मङ्सिरको दोस्रो हप्ताबाट काठमाडौँमा हुन लागेको एकता महाधिवेशनले महासचिवमा जाने कि अध्यक्षको मोडालिटीमा जाने भन्ने विषय महाधिवेशनले टुङ्गो लगाउने नेता हुकुम सिंहले बताए ।
महाधिवेशनको तयारीबारे सोमबार रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘पार्टीको सङ्गठनात्मक प्रणाली महासचिव हुने कि अध्यक्ष हुने विषयमा अहिले निष्कर्षमा पुगेका छैनौ । कुन प्रणाली अपनाउने भन्ने विषय अब महाधिवेशनले नै टुङ्गो लगाउँछ । यद्यपि महासचिव प्रणालीमा जाने सम्भावना बढी देखिन्छ ।’
महाधिवेशनले महासचिव प्रणालीमा जाने निर्णय गरे स्थायी समिति, पोलिटब्युरो समिति र केन्द्रीय समिति रहने सिंहले जानकारी दिए । उनका अनुसार अध्यक्ष प्रणालीमा गए अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव लगायत बहुपदीय संरचना हुनेछ । बहुपदीय प्रणालीमा गए पनि स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति हुने उनले बताए ।
महाधिवेशन मङ्सिर १० देखि २२ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । बन्द सत्रमा करिब पाँच सय प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए । केही जिल्लाबाहेक सबै जिल्ला सम्पन्न भइसकेको छ । महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा पुगेको सिंहले बताए ।
यही वैशाख १९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मसालबाट चोइटिएको सन्तबहादुर नेपाली समूहबिच पार्टी एकता भएपछि महाधिवेशन हुन लागेको हो । त्यसअघि २०८० साल वैशाख १८ गते विप्लव नेतृत्वको नेकपाबाट अलग भएको धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँग एकता भएको थियो । तर संयोजक मोहन वैद्यको विचारप्रति असहमति जनाउँदै साउन १ गते बास्तोला समूह एकता महाधिवेशनमा सहभागी नहुने भन्दै अलग भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्य : केसी
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
दुई दलीय स्वार्थको टकरावले मधेश कृषि विश्वविद्यालय बन्द !
-
आज हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै
-
यसरी हुँदैछ एक महिना लामो स्वस्थानी व्रतको समापन (तस्बिरहरू)
-
‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’