अझै केही वर्ष खेलाडीको भूमिकामा सक्रिय रहन चाहन्छन् धोनी
_sLZlQ0geIO.webp)
काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको खेलजीवन उत्तरार्धतिर छ । उनले छिट्टै नै ब्यवसायिक खेलजीवनबाट पनि सन्न्यास लिने अनुमान धेरैले गर्दै आएका छन् । उनी उमेरले पनि ४३ वर्ष पुगिसकेका छन् ।
विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणमा पनि उनको उपस्थितिलाई लिएर विभिन्न अनमान लगाइँदै आएको छ । आईपीएलको मेगा अक्सनअघि धोनीलाई लिएर पनि धोनी चर्चामा छन् ।
तर, धोनी आफैले भने आफू अझै केही वर्ष खेलमा रमाउन इच्छुक रहेको बताएका छन् । ‘म अझ केही वर्ष खेलाडीकै भूमिकामा क्रिकेटमा रमाउन चाहन्छु,’ उनले हालै सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् ।
आईपीएलको मेगा अक्सनअघि चेन्नई सुपर किङ्सका प्रमुख कार्यकारी अधिकृत कासी विश्वनाथनले पनि धोनी टोलीमा रहने संकेत गरेका छन् । ‘आगामी सिजन पनि धोनी हामीसँगै रहने छन् भन्नेमा म आशावादी छु,’ उनले गत साता भनेका थिए ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आगामी आईपीएलका लागि खेलाडी रिलिज र रिटेन गर्न अक्टोबर ३१ तारिखसम्मको समय निर्धारण गरेको छ । यसपटक धोनी ‘अनक्याप्ड’ खेलाडीका रुपमा आईपीएल क्लबमा आबद्ध हुन पनि योग्य छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी
-
२५ जना सदस्यसहित नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
-
राज्य व्यवस्था समितिमा पुगे निजामती ट्रेड युनियनका प्रतिनिधि, ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार