सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

कपाल झरेर तालु खुइले हुन लागेको छ ? पिउनुस् यो पेय पदार्थ

सोमबार, १२ कात्तिक २०८१, १० : ५१
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । कपाल झर्नु अहिले तपाईँको मात्रै समस्या होइन । आजभोलि हर कोहीको मुखमा कपाल झरेरै सकिने भयो भन्ने चिन्ता सुन्न सकिन्छ । 

कपाल झर्ने समस्याबाट हर कोही त्रसित छन् । छिटो समय अघि नै सेतो हुनु अपन तीव्रताका साथ कपाल झर्नुले सबैलाई दिक्क बनाएको छ । यस्तो अवस्थामा यी समस्याबाट छुटकारा पाउन मानिसहरू केमिकल प्रडक्टको प्रयोग गर्न थाल्छन् । फरक–फरक खालका हेयर मास्क प्रयोग गर्न थाल्छन् । कहिलेकाहीँ शरीरमा पोषक तत्त्वको कमीले पनि कपाल झर्ने गर्छ । के तपाईँलाई यो कुरा थाहा छ ?

यस्तो अवस्थामा कपाल झर्न नदिन आफ्नो आहारमा यस्ता चीजहरू समावेश गर्नुपर्छ जसले तपाईँको शरीरमा भएको पोषक तत्त्वको कमीलाई पूरा गर्न मद्दत गर्छ । कपाल झर्न रोक्ने पेय बनाएर पिउँदा यो समस्याबाट छुटकारा पाउन सकिन्छ । यस पेय पदार्थमा समावेश भएका चीजले तपाईँको शरीरमा ती पोषक तत्त्वहरूको कमीको भर्पाई गर्न मद्दत गर्दछ । आउनुस् जानौँ यो पेय बनाउने तरिका ।

 आवश्यक सामग्री

 चुकन्दर– १ वटा

 गाजर – २ वटा

 स्याउ – १ वटा  

 पुदिना – ७–८ वटा पात

 अदुवा – १ इन्चको टुक्रा

 कागती – आधा

 मह– १ चम्चा

 सिधे नुन– आधा सानो चम्चा

 पानी – आधा गिलास

 पेय बनाउने विधि

यो पेय बनाउन सबैभन्दा पहिले चुकन्दर, गाजर, स्याउ, पुदिना, अदुवा, कागती, मह र सिधे नुन र पानीलाई मिक्सरमा हालेर जुस तयार गर्नुहोस् । यो पेयलाई तपाईँ छानेर वा नछानीकन पनि पिउन सक्नुहुन्छ । यो जुस हप्तामा ५–६ पटक पिउनुहोस् । यसलाई लगातार ३ महिनासम्म पिएपछि नतिजा देखिन थाल्छ । यसले तपाईँको कपाललाई स्वस्थ र चम्किलो बनाउन पनि मद्दत गर्छ ।

अस्वीकरण: सल्लाह सहित यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ । यो कुनै पनि हिसाबले योग्य चिकित्सा रायको विकल्प होइन । थप विवरणहरूको लागि सधैँ एक विशेषज्ञ वा आफ्नो डाक्टरसँग सल्लाह लिनुहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप