सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

समता घरेलु लघुवित्तको एफपीओ आजदेखि, कति दिने आवेदन ?

सोमबार, १२ कात्तिक २०८१, १० : ४४
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) आजदेखि बिक्री सुरु भएको छ । लघुवित्तको ३ करोड ५० लाख ९० हजार रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०० कित्ता बराबरको एफपीओ सोमबारदेखि बिक्री खुला गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

अंकित मूल्य १०० रुपैयाँका दरले बिक्री गर्न लागिएको उक्त एफपीओका लागि बिहीबारसम्म आवेदन दिन सकिन्छ । सी–आश्वा प्रणालीमार्फत् बैंक तथा मेरो शेयर एपमार्फत् १० देखि एक हजार कित्तासम्मको लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यद्यपि जारी भएको शेयर संख्या तुलनात्मक रूपमा कम भएका कारण आवेदकले १० कित्ता भन्दा धेरै पाउने सम्भावना छैन, त्यसैले यसमा १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुने देखिन्छ ।

अहिले दोस्रो बजारमा उक्त लघुवित्तको कारोबार ८५० रुपैयाँको हाराहारीमा भइरहेको छ । ३५ हजार जनालाई बाँडफाँट गर्न पुग्ने उक्त शेयर पाउनेले सूचीकरणपछि सोही मूल्यमा कारोबार गर्न सक्नेछन् ।

अहिले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको शेयर हिस्सा कम्तीमा ३० प्रतिशत हुनुपर्ने व्यवस्था छ । मर्जरपछि परिवर्तन भएको शेयर संरचनालाई सर्वसाधारणको हिस्सालाई तोकिएको सीमामा पुर्‍याउन एफपीओ बिक्री गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप