सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

डीआईजी राजेश बास्तोला अवकाशमा

सोमबार, १२ कात्तिक २०८१, १० : ४१
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । नेपाल प्रहरीका नायव महानिरीक्षक राजेशनाथ बास्तोला अवकाशमा गएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक बास्तोला उमेर हद्दका कारण अनिवार्य अवकाशमा गएका हुन् । उनी २०५२ कार्तिक २७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।  

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डिआइजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । यसअघिका एआईजी श्याम ज्ञवाली सहितका उच्च प्रहरी अधिकृतहरूले उमेर हद्दका कारण अवकाश रोक्न माग गरेर सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि श्याम ज्ञवाली, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलसहित ५ जनाले सर्वोच्च अदालतबाट निवेदन फिर्ता लिए ।  ज्ञवाली र पोखरेलले यसअघि नै अवकाश पाइसकेका छन् ।

आइतबारबाट बास्तोलाको अवकाशसँगै प्रहरीमा ८ जना डीआईजीको पद रिक्त भएको छ । रिक्त पदमा बढुवाको तयारी भइरहेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप