सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

लिग लिडर पीएसजीको अपराजित यात्रा कायमै

सोमबार, १२ कात्तिक २०८१, १० : ३१
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । फ्रेन्च लिग फुटबलमा लिग लिडर पेरिस सेन्ट जर्मन (पीएसजी) ले आफ्नो अग्रता कायमै राखेको छ । पीएसजीले आइतबार राति सम्पन्न खेलमा मार्सेलीलाई उसैको मैदानमा ३–० गोलले पराजित गर्यो ।

जारी सिजनको लिगमा पीएसजी अझै अपराजित छ । हालसम्म नौ खेल खेलेको पीएसजीले सात जित र दुई बराबरीको नतिजा निकालेको छ । जारी सिजनको लिगमा अपराजित रहने पीएसजी एकमात्र टोली पनि हो ।

पीएसजीले जारी सिजनको घरेलु लिगमा हासिल गरेको यो लगातार छैटौँ जित पनि हो । मार्सेलीविरुद्ध पीएसजीले पहिलो हाफमै ३–० गोलको अग्रता हासिल गरेको थियो । खेल सुरु भएको सातौँ मिनेटमै पीएसजीका लागि जाओ नेभेसले पहिलो गोल गरेका थिए ।

निर्धारित समयको २९ औँ मिनेटमा मार्सेलीका लियोनार्दो बालेर्डीबाट आत्मघाति गोल भएपछि पीएसजी पहिलो हाफमै २–० ले अगाडि बढेको थियो । निर्धारित समयको ४०औँ मिनेटमा ब्राडली बार्कोलाले टोलीका लागि तेस्रो गोल थपेका थिए ।

हालसम्म नौ खेल खेलेको पीएसजी २३ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । तालिकाको दोस्रो स्थानमा आसिन मोनाकोले नौ खेलबाट २० अंक बटुलेको छ । मोनाकोले ६ जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ ।

समान खेलबाट १७ अंक हात पारेको मार्सेली तालिकाको तेस्रो स्थानमा आसिन छ । मार्सेलीले हालसम्म पाँच जित, दुई बराबरी र दुई हारको नतिजा निकालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप