जापानमा सत्तारुढ दलले संसदमा गुमायो आफ्नो बहुमत

टोकियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले संसदमा आफ्नो बहुमत गुमाएको छ । चुनावमा पार्टीको यो एक दशकयताकै खराब प्रदर्शन हो ।
तल्लो सदनको निर्वाचनमा एलडीपी र यसको सत्तारुढ साझेदार कोमिइतोले २१५ सिट मात्रै जितेका छन् । यो सरकार चलाउन आवश्यक २३३ सिटको बहुमतभन्दा निकै कम हो । सबैभन्दा ठूलो विपक्षी दल कन्ष्टिच्यूशनल डेमोक्रेटिक पार्टी (सीडीपी)ले भने १४८ सिटमा जित हात पारेको छ । चुनावमा प्रतिपक्षी दलहरू एक जूट भएर आफूहरू सत्तारुढ गठबन्धनको राम्रो विकल्प हुन सक्छौँ भनेर मतदाता मनाउन नसकेको स्पष्ट देखिन्छ ।
आफू प्रधानमन्त्री भएको केही दिनमै एलडीपीका नयाँ नेता सिगेरु इशिबाले निर्वाचनको घोषणा गरेका थिए । तर संसदमा बहुमत गुमाएपछि उनको राजनीतिक भविष्य नै दाउमा परेको छ । मतदाताहरूले आफूलाई कठोर फैसला दिएको र यो नतिजा विनम्रताका साथ स्वीकार गर्नु पर्ने सरकारी टिभी च्यानल एनएचकेसँगको कुराकानीमा इशिबाले भनेका थिए ।
निर्वाचन अघि एलडीपीले संसदमा बहुमत गुमाएमा यसको जिम्मेवारी लिँदै इशिबाले पद त्याग्न सक्ने भन्दै जापानी सञ्चार माध्यमहरूले समाचार छापेका थिए । यस्तो भएमा इशिबा दोस्रो विश्वयुद्ध पछि जापानको सबैभन्दा कम समय कुर्सीमा रहने प्रधानमन्त्री हुनेछन् । सन् १९५५ मा पार्टी गठन भएयताको अधिकांश समय दल सत्तामा रहँदै आएको छ । एलडीपीले यस अघि सन् २००९ मा संसदीय बहुमत गुमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा