श्रीलंकालाई हराउँदै अफगानिस्तानले चुम्यो एसीसी इमर्जिङ टिम्स एसियाको उपाधि

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि अफगानिस्तान ‘ए’ ले जितेको छ । ओमानको अल अमेरातमा सम्पन्न फाइनल खेलमा अफगानिस्तान ‘ए’ ले श्रीलंका ‘ए’ लाई सात विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको श्रीलंकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने १८.१ ओभरमै केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
अफगानिस्तानको जितमा ओपनर ब्याट्सम्यान सेदिकुल्लाह अतलले अविजित ५५ रनको योगदान गरे । उनले ५५ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान करिम जनतले पनि टोलीको खातामा ३३ रन थपे ।
करिम जनतले २७ बलमा तीन चौका पनि प्रहार गरे । कप्तान दार्विस रसुलीले २४ रन बनाए । उनले २० बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान मोहम्मद इसाक १६ रनमा अविजित रहे ।
त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाका लागि सहान अराचिगेले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले अविजित ६४ रन बनाएका थिए । उनले केवल ४७ बलको सामना गरी ६ चौका पनि हिर्काएका थिए ।
निमेष विमुक्तिले २३ र पवन रत्नायकेले २० रन बनाएका थिए । श्रीलंकाका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अफगानिस्तानका बलर बिलाल सामीले तीन विकेट लिए । अल्लाह मोहम्मद घाजनफरले पनि दुई विकेट हात पारे । उनी प्लेयर अफ दी म्याच पनि घोषित भए ।
अफगानिस्तानकै सेदिकुल्लाह अतल प्लेयर अफ दी सिरिज घोषित भए । प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको यो छैटौँ संस्करण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म