सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सजिलो जितसँगै पहिलो स्थानमा फर्कियो बायर्न म्युनिख, केनले गरे सिजनको १५औँ गोल

सोमबार, १२ कात्तिक २०८१, १० : २२
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बायर्न म्युनिखले आइतबार राति खेलिएको खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी भीएफएल बोचुममाथि ५–० गोलको सजिलो जित हासिल ग¥यो ।

बायर्न म्युनिखले खेलको प्रारम्भदेखि नै घरेलु टोली भीएफएल बोचुमलाई दबाबमा राखेको थियो । बायर्न म्युनिखले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गरेको थियो । खेल सुरु भएको १५औँ मिनेटमै बायर्न म्युनिखका लागि माइकल ओलिसले पहिलो गोल गरे ।

निर्धारित समयको २८औँ मिनेटमा जमाल मुसियालाले बायर्न म्युनिखको अग्रता दोब्बर बनाएका थिए । खेलको ५७औँ मिनेटमा ह्यारी केनले टोलीलाई ३–० गोलको अग्रता दिलाएका थिए । प्रभावशाली खेलाडी केनले जारी सिजनमा गरेको यो १५औँ गोल पनि हो ।

यसैगरी, निर्धारित समयको ६५औँ मिनेटमा लोरी सानेले बायर्न म्युनिखका लागि चौथो गोल थपेका थिए । खेलको ७१औँ मिनेटमा किङ्सले कोमानले बायर्न म्युनिखका लागि पाँचौँ गोल गरेका थिए । जारी सिजनको बुन्डेस लिगामा बायर्न म्युनिख अझै अपराजित छ ।

हालसम्म आठ खेल खेलेको बायर्न म्युनिख ६ जित र दुई बराबरीबाट २० अंक बटुल्दै तालिकाको पहिलो स्थानमा छ । समान खेलबाट समान अंक जोडेको आरबी लिपजिग तालिकाको दोस्रो स्थानमा आसिन छ । आरबी लिपजिग पनि हालसम्म अपराजित छ ।

अन्य सबै टोलीले कम्तिमा एक खेल हारेका छन् । भीएफएल बोचुम भने आठ खेलबाट एक अंक जोड्दै तालिकामा सबैभन्दा तल छ । सोही राति सम्पन्न अर्को खेलमा युनियन बर्लिनले एनरिच्ट फ्राँकफर्टलाई १–१ गोलको बराबरीमा रोक्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप